एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन चीन पुगेका छन् । चीनले बुधबार बेइजीङमा आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन उनी आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन प्रवेश गरेका हुन् ।
सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीन प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ । रोदोङ सिन्मुनले किम, परराष्ट्र मन्त्री चो सोन हुई लगायत उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ ।
तस्बिरमा उनीहरू अँध्यारो हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन् । यो रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न प्रयोग गरेको ‘बुलेटप्रुफ’ रेलजस्तै देखिन्छ भनेर समाचार संस्था रोयटर्सले जनाएको छ ।
शत्रुहरूले हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले रेल यात्राको परम्परा बसालेका थिए । त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्छन् ।
बेजिङमा हुने सैन्य परेडमा किमसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन् ।
सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो परेडमा सहभागी हुनेछन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend