काठमाडौं । एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । भारतमा नेपालीको मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारीसहित सहयोगी सुजन भारती पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो । उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट विभिन्न प्रलोभन देखाएर नेपालीलाई भारत पु¥याई मिर्गौला बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भण्डारीले २५ जनाको मिर्गौला बेचेको स्वीकारे पनि पीडितको सङ्ख्या धेरै हुन सक्ने प्रहरीको दाबी छ । गिरोहले पीडितलाई ६ लाख भारतीय रुपैयाँ दिने प्रलोभन देखाउने गरेको थियो, तर एक पीडितले जम्मा ५ हजार मात्र पाएको खुलासा भएको छ ।
गिरोहले पीडितलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरबा निकेतन होटलमा राखी स्वास्थ्य जाँच गरी बेहोस बनाएर मिर्गौला झिक्ने गरेको पाइएको छ । ब्यूरोमा ४ मुद्दा दर्ता भइसकेका छन् । गत साउन २० मा अन्य तीन जना पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend