Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ‘हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ’: गृहमन्त्री लेखक


    आइतबार, भाद्र १५ २०८२
    910
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पर्सा । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिवार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए ।

    ‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउ ज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौँ’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौँ । चिकित्सकको पनि कमी हुन दिनेछैनौँ ।’

    गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीकरण गर्ने बताए । ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ’, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

    शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरूका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको बताए । ‘अस्पतालसँग जेजति स्रोतसाधन रहेको छ । सोहीअनुसारको उपचार कार्य भइरहेको छ’, उनले भने, ‘अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रम छ ।’

    गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार