Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लिपुलेकमा भारतसँग गरेको सहमतिप्रति चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको आपत्ति


    शनिबार, भाद्र १४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् । नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेका छन् ।

    नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा ओलीले राष्ट्रपति सीसँग स्पष्टरूपमा आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीले सन १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको बताए । ओलीले यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास व्यक्त गरे ।

    भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार