काठमाडौं । नेपाली नक्सामा भएको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकको भारतले अतिक्रमण गरेकोबारेमा संसदमा कुरा उठाउँदा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको कुरा बोलेपछि मुलुक नै तरंगित भएको छ ।
नेपालले भारतको एक इन्च जमिन मिचेको तथ्यांक कतै पनि नआएको बेला सरकार प्रमुखले नै नेपालले भारतको भूमि मिचेको बताएपछि बौद्धिक क्षेत्र आश्चर्यमा परेको छ । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको सीमा जानकारहरु बताउँछन् । तर प्रधानमन्त्री सार्वभौम संसदमा नेपालले भारतको सीमा मिचेको भनेर गैरजिम्मेवार अभिब्यक्ति दिन्छन् । भारतले सिक्किम गाभ्नका लागि लेन्डुप दोर्जे जन्माएजस्तै पात्र गएको फागुन २१ गतेको निर्वाचनमार्फत् जन्माएको आशंका समेत गर्न थालिएको छ ।
भारतले नेपालका २४ जिल्लाका सिमाना अतिक्रमण गरेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको अध्ययनले देखाएको तथ्याङ्कमा ६ सय ६ वर्ग किलोमिटरको भूभागमा नेपालको सीमा मिचिएको छ ।
दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भूभाग कब्जा गरेको हो । नापी विभागका पूर्वमहानिर्दे तथा सीमाबिद् बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६ सय ६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताउँदैआएका छन् ।
खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ । उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ। भारतले सन १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो । लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन ।
२०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भूभाग रहेका देखाउँछन् । नापी विभागले २०३६ मा गरेको नापीपछि तयार पारेको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय १० वर्गकिलोमिटर क्षेत्र हटाएर कालापानी, लिपुलेकसम्म मात्र राखिएको सीमाविद् बताउँछन् । कालापानी–लिपुलेकको ६२ वर्गकिलोमिटर भूभाग भारतले सेना राखेर कब्जा गरेको छ । भारतमा बनाइने नेपालको नक्सामा कालापानी र लिपुलेक नेपालमा छैनन् ।
नेपालको नक्सामा नदेखाइएको लिम्पियाधुरा–कालापानी क्षेत्रमा नै ३ सय ७२ वर्गकिलोमिटर जग्गा भारतले कब्जा गरेको छ । कालापानी–लिम्पियाधुरापछि सबैभन्दा बढी सुस्ता क्षेत्रमा भारतले नेपाली भूभाग कब्जा गरेको छ । नवलपुरको सुस्तामा १४ हजार ५ हेक्टर जग्गा अतिक्रमित छ ।
कञ्चनपुरमा नै ९ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ । झापामा ८, सप्तरीमा ७, पर्सामा ५, ताप्लेजुङ र बर्दियामा ४–४, इलाम, मोरङ, सुनसरी र कैलाली ३र३, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही, बारामा २–२ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ । दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटमा १–१ स्थानमा नेपाली जमिन अतिक्रमित छ ।
अन्तर्राष्ट्रिय मान्यताविपरीत कतिपय स्थानमा दशगजा क्षेत्रसमेत भारतले कब्जा गरेको छ । सन १९७९ मा लिइएको हवाई फोटोग्राफीबाट नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर निर्धारण गरिएको थियो, त्यो क्षेत्रफल खुम्चिँदै गएको छ । सन १९७९ गरिएको हवाई फोटोग्राफीमार्फत नेपालको नक्सा एक लाख ४७ हजार एकसय ८१ कायम गरिएको सीमाविद् बताउँछन् ।
सन् १८५६ देखि भारतले नेपाली भूभाग अतिक्रमण गर्न थालेको हो । त्यसभन्दा अघिका भारतीय नक्सामा समेत महाकालीको उद्गमस्थल लिम्पियाधुरा उल्लेख छ । सन् १८५६ पछि इस्ट इन्डिया कम्पनीले लिम्पियाधुराबाट निस्कने काली नदीको नाम परिवर्तन गरी कुटी यंक्ति राखिएको सीमाविद् बताउँछन् । लिपु भञ्ज्याङ पश्चिम गरिफू (एर्खा) बाट आउने खा यांग्री (लिपुखोला) लाई काली नाम दिएर नयाँ नक्सा निकालेको थियो । भारत अर्थात् तत्कालीन इस्ट इन्डिया सरकारले यहीँबाट नेपाली भूभाग अतिक्रमण थालेको सीमाविद्को भनाइ छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूभाग हेर्नुहोस्

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend