Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन


    शनिबार, भाद्र १४ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ।

    शनिबार (आज( बिहान करिब ६स्४५ बजेतिर सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधानको लामो जाम लागेको थियो। जेसीभीको सहायताले ढुंगा पन्छ्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ।

    माथिबाट ढुंगा झरिरहेका कारण पहिरो पन्छ्याउन असहज भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार