Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रतिनिधि सभामा नागरिकता संशोधन विधेयक टेबुल


    शुक्रबार, भाद्र १३ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गरेका हुन्।

    यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ। सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो।

    यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी हुन्। यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार