Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारका आयुक्त जोशीले राजीनामा दिए


    बुधबार, माघ २१ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधबार राजीनामा दिएका जोशी आयोगबाट विदासमेत भएका छन् ।

    आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेम कुमार राईको मातहतमा बसेर काम गर्नुपर्ने भएपछि उनले राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष राजिनामा बझाएका हुन् ।

    राई जोशीभन्दा जुनियर अधिकृत हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिएका स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार