काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन्। आज (बिहीबार) ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा आफूहरूको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन गर्न दबाब दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिए।
अध्यक्ष सुवेदीले भने, ‘अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो। त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं। त्यसैका लागि पक्षकरण गर्दैछौं। अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१र८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं।’
महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम सुरु गरेको छ।
त्यसैक्रममा बुधवार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन्।
१३ गते शुक्रबार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend