Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सशस्त्रका अधिकृतको सेटिङमा नेपालगंज भन्सारबाट तस्करी


    बिहिबार, भाद्र १२ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँके जिल्लाको नेपालगंज भन्सार कार्यालयबाट भन्सारछलीका सामानहरु भित्रने गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित भन्सारका कर्मचारीहरुकै सेटिङमा भन्सारछली तस्करीका सामान भित्रने गरेका छन् । गत आर्थिक बर्षमा नेपालगंज भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्नुको कारण तस्करी नियन्त्रण नगर्नुलाई लिइएको छ ।

    सीमा सुरक्षा र भन्सारछली रोक्ने मुख्य दायित्व सशस्त्र प्रहरी बल अन्तर्गतको भन्सार गुल्मको हो । तर सशस्त्र प्रहरीकै संरक्षणमा नेपालगंजबाट तस्करी हुने गरेको भिडियो नै नेपालफेसलाई प्राप्त भएको छ । सशस्त्र प्रहरी बलको ३० नम्बर गण अन्तर्गत सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र शाहीले नै तस्करीसँग सेटिङ गर्दा नेपालगंजबाट भन्सारछलीका सामान भित्रने गरेको स्रोत बताउँछ ।

    सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) हुँदादेखि नै बाँकेमा कार्यरत रहेका र अहिलेसम्म नेपालगंज बाहिर सरुवा नभएका इन्स्पेक्टर शाहीले नै तस्करीको संजालसँग समन्वय गर्ने गरेको आरोप छ । सशस्त्र प्रहरीमा बीओपी गुल्मका इन्चार्जहरुको ६ महिनामा सरुवा हुन्छ, तर शाही यस्ता भाग्यमानी अधिकृत हुन्, जसले असईदेखि इन्स्पेक्टर हुँदासम्म नेपालगंज बाहिरका जिल्लामा जानुपरेको छैन ।

    सशस्त्र प्रहरी संगठनको नीतिबिपरीत शाहीलाई नेपालगंजमा दसौं बर्षदेखि काम गर्ने छुट दिइएको छ । ३० नम्बर गणका हरेक गणपतिदेखि लुम्बिनीका बाहिनीपतिलाई मिलाएर उनी नेपालगंजमा टिकिरहेका छन् । उनी कहिले राजस्व कोहलपुरको गुल्म, कहिले ३० नम्ब गण बागेश्वरी त कहिले भन्सार गुल्ममा सरुवा हुँदै बाँकेमै कार्यरत छन् । आवधिक सरुवा नीतिले नछोएका शाहीलाई घुमुवा अप्रेसनले पनि नेपालगंज बाहिर जानुपरेन ।

    आईजीपी सचिवालयको अनुगमनका डीएसपी सुदीप रेग्मीको अनुगमनको क्षेत्र पनि नेपालगंजमा नपरेको त होइन ? बाहिनीले के हेरेको छ ? भन्ने प्रश्न ३० नम्बर गणभित्रै उठ्ने गरेको छ ।

    यसरी हुने गरेको तस्करी, हेर्नु्स् भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार