Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संवैधानिक नियुक्ति निरंकुशताको पराकाष्टा : नारायणकाजी श्रेष्ठ


    बुधबार, माघ २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको आरोप लगाएको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक नियुक्ति निरंकुशताको पराकाष्टा भएको दाबी गरे ।

    ‘भोलिको आमहड्ताल सरकारले बलमिच्याइँको रूपमा गरेको नियुक्तिको प्रतिरोधमा गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने । आम हड्तालका कारण जनतालाई पर्ने कष्टप्रति क्षमा माग्दै संविधानको रक्षाका लागि आमहड्ताल गरिएको श्रेष्ठकाे भनाइ छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार