ढाका । बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले अब रोहिंग्या समुदायका मानिसहरूलाई सहयोग गर्न गाह्रो भइरहेको बताए पछि शरणार्थीहरूको समस्या थप बढने देखिएको छ ।
हाल बंगलादेशमा १३ लाखभन्दा बढी रोहिंग्या शरणार्थी रहेको बताइन्छ । युनुसले भने, ‘यो रोहिंग्या शरणार्थी समस्या बंगलादेश र विश्वका लागि ठूलो चुनौती हो । यस मुद्दामा विश्व एकजुट हुनुपर्छ र रोहिंग्या मुस्लिमहरूलाई आफ्नो घर फर्कन मद्दत गर्नुपर्छ।’
सन् २०१७ को अगस्टदेखि म्यानमारमा भएको हिंसा पछि रोहिंग्या समुदायका मानिसहरूले देश छाडेका थिए। यसपछि उनी भागेर धेरै देशमा बसोबास गरिरहेका छन् । त्यस मध्ये धेरै जसो अधिकांश बंगलादेश प्रवेश गरेका थिए । त्यसपछि शेख हसिना सरकारले लाखौं रोहिंग्यालाई आश्रय दिएको थियो ।
यस घटनाको आठौं वर्षगाँठमा युनुसले रोहिंग्याको घर फर्किने ७ बुँदे रोडम्याप पनि जारी गरेका छन् । उनले शरणार्थीका कारण बंगलादेशको अर्थतन्त्र र वातावरणमा दबाब बढेको बताए ।
म्यानमारको रखाइन प्रान्तमा अराकान सेनाको दमनबाट बच्न रोहिंग्या मुस्लिमहरू २५ अगस्ट २०१७ मा बंगलादेशमा भागेका थिए। उनीहरुलाई तत्कालीन शेख हसिनाको सरकारले कक्स बजारमा आश्रय दिएको थियो । त्यो साता मात्रै करिब ७० हजार रोहिंग्या बंगलादेश आएका थिए । बंगलादेशमा पहिले नै ३ लाखभन्दा बढी शरणार्थी बस्दै आएका छन्, त्यो क्रमशः बढेर १३ लाख पुगिसकेको छ । कक्स बजार हाल विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरको घर मध्ये एक मानिन्छ ।
रोहिंग्या मुस्लिमहरू म्यानमारको अराकान प्रान्तमा बस्ने अल्पसंख्यक हुन्। शताब्दीयौंअघि अराकानका मुगल शासकहरूले यहाँ बसोबास गराएका थिए। तर, सन् १७८५ मा बर्माका बौद्ध धर्मावलम्बीहरूले देशको दक्षिणी भाग अराकानलाई कब्जा गरेर हजारौं रोहिंग्या मुस्लिमहरूलाई आफ्नो इलाकाबाट बाहिर निकालेका थिए ।
यसपछि बौद्ध धर्मका मानिसहरू र रोहिंग्या मुस्लिमहरू बीच हिंसा र नरसंहारको एक काल सुरु भयो, जुन अहिलेसम्म जारी छ। म्यानमारका लाखौं रोहिग्याहरू घरवार बिहिन भएर नेपाल, भारत, बंगलादेशलगायत देशमा बसोबास गरिरहेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend