एजेन्सी । विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना लगातार चौथोपटक फेरि प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट हात परेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो ।
पाँचौंपटक प्रधानमन्त्री बन्न गइरहेकी हसिनाले लगातार आठौंपटक चुनाव जितेकी हुन् । उनले पहिलोपटक सन् १९८६ मा चुनाव जितेकी थिइन् ।
बंगलादेश चुनाव आयोगका अनुसार योपटक निर्वाचनमा ४० प्रतिशत भोट खसेको छ । यद्यपि, यो तथ्यांक परिवर्तन हुन सक्ने आयोगले जनाएको छ ।
सन् २०१८ को आमनिर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । त्यहाँ बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) समेत विपक्षी पार्टीले चुनाव बहिष्कारसमेत गरेका थिए ।
हसिना पाँचौंपटक बंगलादेशको प्रधानमन्त्री बन्दैछिन् । उनी सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री थिइन् । त्यस्तै, सन् २००९ मा पुनः प्रधानमन्त्री बनेकी उनी अहिलेसम्म सत्तामै छिन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend