एजेन्सी । विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना लगातार चौथोपटक फेरि प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट हात परेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो ।
पाँचौंपटक प्रधानमन्त्री बन्न गइरहेकी हसिनाले लगातार आठौंपटक चुनाव जितेकी हुन् । उनले पहिलोपटक सन् १९८६ मा चुनाव जितेकी थिइन् ।
बंगलादेश चुनाव आयोगका अनुसार योपटक निर्वाचनमा ४० प्रतिशत भोट खसेको छ । यद्यपि, यो तथ्यांक परिवर्तन हुन सक्ने आयोगले जनाएको छ ।
सन् २०१८ को आमनिर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । त्यहाँ बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) समेत विपक्षी पार्टीले चुनाव बहिष्कारसमेत गरेका थिए ।
हसिना पाँचौंपटक बंगलादेशको प्रधानमन्त्री बन्दैछिन् । उनी सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री थिइन् । त्यस्तै, सन् २००९ मा पुनः प्रधानमन्त्री बनेकी उनी अहिलेसम्म सत्तामै छिन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend