काठमाडौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो । एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३।२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए ।एसिटीका लागि एसिटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबे समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा ९६ रनमै समेटियो । एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक विकेट लिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend