Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भियतनामकी उपराष्ट्रपति सुआनले गरिन् पाटन दरबार क्षेत्रको अवलोकन


    सोमबार, भाद्र ९ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेकी छिन् ।

    तीनदिने औपचारिक भ्रमणका लागि गत शनिवार काठमाडौँ आएकी उनले सोमबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

    उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले दरबार क्षेत्र अवलोकन गराएका थिए । सो क्रममा विभिन्न अधिकारीहरूसँग सुआनले फोटोसुट पनि गरिन् ।

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

    भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । उपराष्ट्रपति सुआन आजै स्वदेश फर्कँदै छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार