काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको छ ।
शनिबार बेलुकी पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका वडाअध्यक्ष टेकिन्द्र सेन्दाङलाई तोक्मेडाँडा क्षेत्रमा ५र७ जनाको अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ गम्भीर घाइते भएका छन् ।
टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend