Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति यादवसँग भियतनामकी उपराष्ट्रपति सुआनको भेटवार्ता


    आइतबार, भाद्र ८ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिवार काठमाडौँ आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् ।

    नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा उनी तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन् ।

    उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले शनिवार नेपाल आएकै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार