Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • नेपाली सेनामा २८० जना अधिकृतका लागि जागिर खुल्यो (सूचीसहित)


    शुक्रबार, भाद्र ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ।

    नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गरी रिक्त अधिकृत (सहायक सेनानीरउपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

    खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।

    यस्तै महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार