Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपाली महिला टोली आज भूटानसँग भिड्दै


    शुक्रबार, भाद्र ६ २०८२
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं।  नेपाल महिला फुटबल टोलीले आज भूटानसँग प्रतिस्पर्धा गर्दैछ ।

    साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो ।

    यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् ।

    यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

    आगामी अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

    नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    नेपाली खेलाडी

    गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।

    डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

    मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक,  बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।

    फरवार्डः  अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार