Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने व्यवस्था गरौं: चन्द्र भण्डारी


    बिहिबार, भाद्र ५ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले पाठ्यक्रममा प्रविधिलाई अद्यावधिक गर्नु अपरिहार्य भइसकेको बताएका हुन् ।

    अहिले भएको सरुवाको दफामा शिक्षकहरूले आपत्ति जनाएको भन्दै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने धारणा राखे । सांसद भण्डारीले प्राध्यापकहरूलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने धारणा राखे ।

    समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार