काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् ।
प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् ।
कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । सोही अनुसार, १५ दिनभित्र सभापति चयन गर्ने गरी वातावरण मिलाउन सभामुख घिमिरेले दलहरूलाई आग्रह गरेका हुन् ।
बैठक स्रोतका अनुसार, दल प्रमुख सचेत, सचेतकहरूले भने कुनै जवाफ दिएका छैनन् । दलमा छलफल गरेर सभापति नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दलहरू छन् ।
संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा देखिएको गडबडीमाथि प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
काँग्रेसको भागमा रहेको यो समितिको सभापतिमा नेकपा एमालेले पनि पछिल्लो समय चाहना राखेको नेताहरूले बताएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend