Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • उपसभामुख हटाउन आज पनि हस्ताक्षर संकलन गरिने


    बुधबार, भाद्र ४ २०८२
    610
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुको हस्ताक्षर संकलन अभियान आज पनि जारी रहने भएको छ ।

    उपसभामुखबाट इन्दिरा राना मगरलाई हटाउन भन्दै कांग्रेस र एमालेले मंगलबारबाट सुरु गरेको सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने भएको हो ।

    हिजो कांग्रेस र एमालेका उपलब्ध सांसदहरूले खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो उपस्थित नभएका, राजधानी बाहिर रहेकाहरूले आज हस्ताक्षर गर्ने बताइएको छ ।

    मंगलबार कति सांसदको हस्ताक्षर संकलन भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्न ६९ जना सांसद भए पुग्छ । तर, हटाउने प्रस्ताव पारित गर्न भने दुई तिहाइ मत आवश्यक पर्छ ।

    हाल प्रतिनिधि सभामा २७४ जना सांसद रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ । यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार