Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुख हटाउने निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग: राजेन्द्र लिङ्देन 


    मंगलबार, भाद्र ३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएका छन्।

    राप्रपाका अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै सत्तारुढ दलले बहुमत पुर्‍याउन उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउनु संवैधानिक दुरुपयोग भएको बताएका हुन्।

    ‘संवैधानिक परिषद्‍मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’ उनले लेखेका छन् ।

    कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूलको आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन् । दुई दलका सांसदहरूले हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार