Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय विदेशसचिव मिश्रीले जंगीअड्डा पुगेर भेटे प्रधानसेनापति


    सोमबार, भाद्र २ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

    दुई दिने भ्रमणमा आएका मिश्रीले आज (सोमबार) बिहान जंगीअड्डा पुगेर प्रधानसेनापति सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए । आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

    सोमबार केही अनौपचारिक भेटपछि दिउँसो स्वदेश फर्किने कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार