Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह 


    मंगलबार, माघ २० २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ ।

    सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार