Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु


    आइतबार, भाद्र १ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार