Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • रवि लामिछानेलाई बुद्ध एअरमार्फत ३:१० को फ्लाइटमा काठमाडौं ल्याइदै


    शनिबार, साउन ३१ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइने भएको छ ।

    बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

    राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो ।

    आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं लैजान लागिएको कारागार विभाग श्रोतले पुष्टि गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार