Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • विषाक्त मदिरा सेवनले कुवेतमा ६ नेपालीको मृत्यु


    शुक्रबार, साउन ३० २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका ६ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको निधन भएको हो।

    त्यस्तै ३५ जना नेपालीको स्थानीय विभिन्न ६ वटा अस्पतालमा उपचार जारी रहेको बताइएको छ। विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका छन्। ६३ जनामध्ये नेपालीसहित गरेर १३ जनाको निधन भएको हो।

    कुवेतमा मदिरा सेवन प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार