Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • एकीकृत समाजवादीले बनायो वामदेव पक्षका १३ जना केन्द्रीय र ३ जनालाई पोलिटब्युरो सदस्य


    शुक्रबार, साउन ३० २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतम पक्षका १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसमेत उनी पक्षका १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।

    त्यसैगरी गौतम पक्षका तीन जनालाई पोलिटब्युरो सदस्य बनाएको छ। बैठकले गौतम पक्षका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको हो ।

    एमाले फुटेपछि नेकपा एकता अभियान गठन गरेका गौतम हालै मात्र एकीकृत समाजवादीमा आफ्नो समूहसहित एकीकृत समाजवादीमा समाहित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार