Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा. कोइराला


    सोमबार, माघ १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताउनुभएको छ ।

    सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध  कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले  कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म  विजय निश्चित भएको जिकिर गर्नुभयो । 

    कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै  अन्तिम विकल्प भएको जिकिर गर्नुभयो ।

    सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार