Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता हुँदै


    बिहिबार, साउन २९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा हुँदैछ।

    आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार मुख्यतयाः  पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बीच कार्यगत एकता हुन लागेको हो ।

    जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीवाट अलग भएर महतोले मुक्ति पार्टी गठन गरेका हुन् ।

    महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध भए पनि सरकारमा रहेको जसपासँग कार्यगत एकता गर्न लागेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार