Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविलाई कैदीबन्दीले पाउने सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ: गृहमन्त्री


    बुधबार, साउन २८ २०८२
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे ।

    लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि उनले बताए ।

    ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन,’ गृहमन्त्री लेखकले भने ।

    उनले लगातार रुपन्देही कारागार प्रशासनसँग समस्या समाधानका लागि केही गर्नुपर्ने भए आफूले सोधखोज गरिरहेको बताए ।

    कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने पनि उनले बताए । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार