Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • राप्रपा युवासंघको अधिवेशनमा दुई समूहबीच हात हालाहाल


    बुधबार, साउन २८ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा निकट युवा संगठन काठमाडौंको अधिवेशनमा हातहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षबीच हातहाल भएको हो ।

    अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै विवाद बढेपछि दुई समूहका युवाहरूले मञ्चमै उक्लिएर होहल्ला गर्दै हात हालाहाल गरेका थिए ।

    आफ्नै सामुन्ने आफुविरुद्ध राणापक्षका युवाहरूले नाराबाजी गर्दै हात हालाहाल गरेपछि अध्यक्ष लिङ्देनले अधिवेशन नै स्थगित भएको घोषणा गरे । अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने राणा निकट समूहले ज्योति लामाको अध्यक्षतामा स्वतः नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार