Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी


    बुधबार, साउन २८ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् ।

    भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली साउन २३ गते फर्किएका थिए ।

    साउन १८ गते मध्यराति त्यसतर्फ गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे संसद्लाई जानकारी गराएका हुन् ।

    नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।

    सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार