काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने तय भएको छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
यस्तैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend