काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता नगर्ने आफ्नै प्रशासनको आदेश बदर गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले द्वन्द्वपीडित गीता रसाइलीसहितको रिट निवेदन दरपीठ गर्ने निर्णय खारेज गर्दै दर्ता गर्न आदेश दिएको हो ।
लमजुङका रामकुमार भण्डारीसहित ३३४ द्वन्द्वपीडितले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति खारेजीको माग राखी रिट दायर गरेका थिए ।
उनीहरूले नियुक्ति प्रक्रियामा पारदर्शिता र पीडितसँग परामर्श नभएको, साथै आयोगसम्बन्धी ऐन, २०७१ का केही प्रावधान संविधानविपरीत भएको दाबी गरेका छन् । उनीहरूले ऐन संशोधनका लागि परमादेश माग गरेका छन् ।
सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले रिट निवेदकको सरोकार पुष्टि नभएको भन्दै दरपीठ गरेका थिए । तर, सर्वोच्चको पछिल्लो आदेशले रिट दर्ता गरी सुनुवाइको बाटो खोलेको छ । द्वन्द्वपीडितले लामो समयदेखि आयोगको कामकारबाही र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend