Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मदन भण्डारी फाउन्डेसन आगामी दिनमा कसरी अगाडि जान्छ हेर्नुपर्ने भयो: ओली


    सोमबार, साउन २६ २०८२
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । यो फाउन्डेसन पार्टीको हितसँग जोडिएको भए पनि अब कसरी जान्छ हेर्नुपर्ने उनले टिप्पणी गरेका हुन् ।

    आज मदन आश्रित फाउन्डेसनको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मदन भण्डारी फाउन्डेसनबारे टीकाटिप्पणी गरेका हुन् । उनले यो फाउन्डेसन पार्टीले बनाएको नभएर अर्को ढंगले बनाइएको स्पष्ट पारेका छन् ।

    उनले भने, ‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन । यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो ।’

    ओलीले थपे, ‘त्यो पार्टीको पक्षमा र आन्दोलनको नै बनेको संस्था हो । तर, त्यसको आगामी दिनमा के हुन्छ, कसरी अगाडि जान्छ हेर्नुपर्ने अवस्था बनेको छ । पदाधिकारीहरूका अभिव्यक्ति हेर्दा त्यो कसरी जाने हो भन्ने अन्योल छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार