काठमाडौं । सातको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) २७.९० अङ्क घटेको छ । सो गिरावटपछि नेप्से २८२२ विन्दुमा पुगेको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि पछि ओरालो लागेको हो ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स र विकास बैङ्क समूह सबैभन्दा धेरै घटे । माइक्रोफाइनान्स २.३५ तथा विकास बैङ्क २.३१ प्रतिशत घटे ।
सोमबार बैङ्किङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढ्यो ।
आज सबैभन्दा धेरैले बढ्नेमा रिभर फल्स पावर रहेको छ । जसको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घट्यो । लिबर्टी इनर्जीको ७.०६, ट्रेड टावरको ६.९९, सीवाईसी लघुवित्तको ५.७४ तथा विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend