एजेन्सी । इजरायलले अल जजीराका पाँच पत्रकारको हत्या गरेको छ । आइतबार राति गाजा शहरको अल–शिफा अस्पतालको मुख्य ढोका बाहिर पत्रकारहरुलाई राखिएको टेन्ट लक्षित इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मी मारिएका हुन् ।
उक्त आाक्रमणमा सात जनाको मृत्यु भएतापनि अनस अल–शरीफसहित संवाददाता मोहम्मद क्रेकेह र क्यामेरा अपरेटर इब्राहिम जहेर, मोहम्मद नौफल र मोआमेन अलिवा मारिएको अल जजीराले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेस ९आईडीएफ० ले आक्रमणको पुष्टि गर्दै अल–शरीफलाई हमासको ‘आतङ्कवादी सेलको प्रमुख’ भएको आरोप लगाएको छ ।
आईडीएफले उनलाई पत्रकारको आवरणमा काम गर्ने र इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार भएको दाबी ग¥यो । तर अन्य पत्रकारहरूको मृत्युबारे कुनै टिप्पणी गरेको छैन।
अल–जजिराले यसअघि नै आईडीएफ माथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो ।
पत्रकारहरूको अधिकारका लागि काम गर्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे० का अनुसार, अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य आक्रमणपछि हालसम्म १८६ पत्रकारको मृत्यु पुष्टि भइसकेको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend