एजेन्सी । इजरायलले अल जजीराका पाँच पत्रकारको हत्या गरेको छ । आइतबार राति गाजा शहरको अल–शिफा अस्पतालको मुख्य ढोका बाहिर पत्रकारहरुलाई राखिएको टेन्ट लक्षित इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मी मारिएका हुन् ।
उक्त आाक्रमणमा सात जनाको मृत्यु भएतापनि अनस अल–शरीफसहित संवाददाता मोहम्मद क्रेकेह र क्यामेरा अपरेटर इब्राहिम जहेर, मोहम्मद नौफल र मोआमेन अलिवा मारिएको अल जजीराले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेस ९आईडीएफ० ले आक्रमणको पुष्टि गर्दै अल–शरीफलाई हमासको ‘आतङ्कवादी सेलको प्रमुख’ भएको आरोप लगाएको छ ।
आईडीएफले उनलाई पत्रकारको आवरणमा काम गर्ने र इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार भएको दाबी ग¥यो । तर अन्य पत्रकारहरूको मृत्युबारे कुनै टिप्पणी गरेको छैन।
अल–जजिराले यसअघि नै आईडीएफ माथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो ।
पत्रकारहरूको अधिकारका लागि काम गर्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे० का अनुसार, अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य आक्रमणपछि हालसम्म १८६ पत्रकारको मृत्यु पुष्टि भइसकेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend