Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुनसरीमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु, २० जना घाइते


    सोमबार, साउन २६ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

    प्रहरीका अनुसार आज बिहान ७:१५ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।

    दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते र २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा उपचाररत १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको छ। जिल्ला अस्पताल, इनरुवामा उपचाररत ५ जनामध्ये १ महिलाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार