Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा कांग्रेस-एमालेका शीर्षनेताबीच भेटवार्ता, मन्त्री हेरफेरबारे छलफल


    आइतबार, साउन २५ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

    भेटमा सहभागी एक नेताका अनुसार सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले बैठकमा गरेका थिए ।

    ओलीको प्रस्तावमा देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए । ‘मैले पार्टीमा बल्ल बल्ल मिलाएको थिए । त्यही पनि विवाद भयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले मन्त्री बदलेर फेरि विवाद किन निम्त्याउनु । तपाईंले बदल्नुस् हाम्रालाई छोडिदिनुस् ।’

    एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ । भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार