Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमि विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेश (पुर्णपाठ)


    आइतबार, साउन २५ २०८२
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२ को प्रस्तावित मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेश भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन पेश गरेको हो ।

    विधेयकको प्रस्तावित मस्यौदामा समितिमा थप छलफल हुनेछ । प्रस्तावित मस्यौदामा सार्वजनिक वा निजी प्रयोजनार्थ हदबन्दीभन्दा बढी जग्गा उपयोग गर्नुपर्ने भएमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ ।

    यस्तै घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सरकारको सूचित आदेशद्वारा तोकिएको हदसम्मको जग्गामा जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ-अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्ने प्रावधान विधेयकमा थप गर्न प्रस्ताव गरिएको छ ।

    यस्तै विद्यमान ऐनको उपदफा (३) मा रहेको ‘जग्गाको प्रकृति, क्षेत्रफल र मुल्याकंनलाई समेत हेरी’ भन्ने शब्दहरूको सट्टा ‘जग्गाको प्रकृति, क्षेत्रफल, मुल्याकंन, आवाद कमोदको अवधि र अन्य शहरी क्षेत्रमा निज वा निजको परिवारको नाउँमा घर वा आवासीय प्रकृतिको जग्गा भए नभएको समेतको आधार’ भन्ने वाक्य राखेर संशोधन गर्न प्रस्ताव गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार