Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकाली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता


    आइतबार, साउन २५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महाकाली नदीमा आइतबार नुहाउने क्रममा ७ वर्षका २ बालिका बेपत्ता भएका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।

    उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए। जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार