काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेकोमाथि प्रश्न उठाएका सम्मानित नेता झलनाथ खनाललाई जवाफ फर्काएका छन् । संविधान मिचेर संसद् भङ्ग गरेको कुराको विरोध गरेको र त्यो गल्ती नभएको नेपालको भनाइ छ ।
काठमाडौंमा शुक्रवार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेबाट विद्रोह गर्नु सही भएको बताए । एमालेमा कुनै ठाउँ नरहेपछि विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । सम्मानित नेता खनालले विद्रोहको औचित्यमाथि प्रश्न उठाएकामा अध्यक्ष नेपालले आलोचना गरेका छन् । एमालेमा फर्किएर गएका नेताहरूको अवस्था पनि नेपालले स्मरण गराएका थिए ।
पार्टीको हित र प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिनु सही नभएको अध्यक्ष नेपालको भनाइ छ । उनले भने ‘पार्टीको प्रतिष्ठा बढाउन, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ, विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने रु किन आउनुपर्यो रु विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढताका साथ पहल गरेका छौँ ।’
तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासन उलङ्घन गरेर संविधान मिचेर संसद् विघटन गरेको नेपालको भनाइ छ । संसद् पुनर्स्थापनाका लागि तत्कालीन अवस्थामा विद्रोह गरेको बताउँदै नेपालले ओलीले दोस्रो पटक पनि संसद् विघटन गरेको स्मरण गर्दै भने, ‘त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो ? केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?’
एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु सही भएको बताउँदै नेपालले भने, ‘संविधान जोगाउने मात्रै होइन, कम्युनिस्ट आन्दोलन बदनाम गर्ने काम भइरहेको थियो, हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend