काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।
नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरेका छन् । संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे ।
२०६२/०६३ को परिबर्तनको समयमा आफुले धेरै नजिकबाट बिदेशी दबाब र प्रभाबलाई देखेको भोगेको थापाको दाबी थियो । मुलुकमा अहिले राजनितिको नाममा सिद्धान्तच्युत, भ्रष्ट, नौटङ्गी, ठगहरु हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको बिचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो ।
मुलुकलाई बचाउन र बनाउन अब सम्बर्द्धनबादको मार्ग बाहेक अरु विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित कृयाशिल भएको उनको धारणा थियो ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुबेदी, अर्थबिद प्रकाश थापा, कृषी बिज्ञ अश्विन आचार्य, बिष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण ब्यक्तिहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend