काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले २७ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन सभामुख भुवनकुमार पाठकलाई आग्रह गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उनले ३० दिनभित्र अर्थात भदौ १८ गतेसम्म सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ । जसकारण मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् ।
गत साउन २० मा नेपालको संविधानको दफा १६८ को उपधारा २ बमोजिमको सरकारको नेतृत्व गरेका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिनका लागि संसद् बैठक आह्वान गर्न जानकारी गराइसकेका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति समेत बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० मा मुख्यमन्त्री बनेका थिए । बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामामाथि संसदीय दलमा अविश्वास प्रस्ताव राखेर पारित गर्दै दल नेताको निर्वाचनमा लामालाई पराजित गरेर दल नेता बनेका थिए ।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend