Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्तराखण्डमा बेपत्ता नेपालीको खोजीका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री


    शुक्रबार, साउन २३ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् ।

    मन्त्री राणाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको बताएकी छन् ।

    ‘हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् । उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार