Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार सुनचाँदीकै भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, साउन २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार