Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति


    बिहिबार, साउन २२ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा नेपाली काँग्रेसले असहमति जनाएको छ।

    आयोगले आजसम्म कार्यविधिमाथि सुझाव दिन राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको थियो। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको विमति रहेको बताएका हुन्।

    ‘राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ महामन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदाप्रति प्रष्ट विमति छ ।’

    उनले विधिको बाटो बहादुर भवनमै टुंगियोस् भनेका छन्। यसअघि नेकपा (एमाले) ले पनि आयोगले ल्याएको कार्यविधिमा आपत्ति जनाएको थियो।

    साथै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार