काठमाडौं । संसदीय समितिले हदबन्दी छुटको जग्गा राख्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) गर्नुपर्ने प्रावधानलाई यथावत् राख्ने सहमति गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले यो व्यवस्थालाई कायम राख्ने निर्णय गरेको हो । प्रचलित भूमि सम्बन्धी ऐनको दफा १२(छ) मा हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति लिनुअघि सार्वजनिक संस्था, उद्योग, कम्पनी, शैक्षिक संस्था, आयोजना वा सङ्गठनले डीपीआर र इआईए तयार गरी सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सरकारले यो प्रावधान हटाएर सोही दफामा घरजग्गा व्यवसायसम्बन्धी जग्गा बिक्रीको व्यवस्था राख्न ‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रस्ताव गरेको थियो । तर, उक्त प्रावधान हटाउँदा हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईएको बाध्यकारी व्यवस्था हट्ने भन्दै सांसदहरूले विरोध जनाएका थिए ।
साथै, साविकको व्यवस्था कायम राख्न संशोधन प्रस्ताव पनि दर्ता गरेका थिए । बिहीबारको बैठकले साविकको दफा १२(छ) लाई यथावत् राख्ने र सरकारको प्रस्तावलाई नयाँ दफा १२(ज) को रूपमा समावेश गर्ने सहमति गरेको छ ।
नयाँ दफा १२(ज) मा घरजग्गा व्यवसायसम्बन्धी जग्गा बिक्रीको प्रावधान रहनेछ । साथै, हदबन्दी छुटको जग्गासम्बन्धी साविकको व्यवस्थामा केही भाषागत सुधार गर्ने सहमति भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend